Big Flag of Nepal

काठमाडौ। नेपालमा शहीद दिवसको अवसरमा नेपालको सवैभन्दा ठूलो राष्ट्रिय झण्डा फहराइएको छ।

आइतवार आयोजित कार्यक्रममा नेपाली देशभक्त युवा समाजले आयोजना गरेको कार्यक्रममा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रकवि माघप्रसाद घिमिरेले झण्डोत्तोलन गर्दै नेपालको राष्ट्रिय झण्डा फहराएका हुन्।

Big Flag of Nepal.1 Nawal Khadka Sammanit

फहराइएको झण्डा करिब १० मिटर लामो र साढे ७ मिटर चौडाइ रहेको छ। राष्ट्रियतामा योगदान दिएको भनेर कार्यक्रममा खेलाडी मीरा राई, चलचित्र निर्माता तथा अभिनेता नवल खड्का, कलाकार मोहनदास श्रेष्ठलगायत एक दर्जन व्यक्ति–विशेषलाई सम्मान प्रदान गरिएको छ।
प्रकाशन मिति–२०७३ साल माघ १६ गते आइतवार ।