Shanta Adhikari Ghimire's Song 2Shanta Adhikari Ghimire's Song 3Shanta Adhikari Ghimire's Song 1काठमाडौ। अमेरिकाको न्यूजर्सी निवासी नेपाली साहित्यकार शान्ता अधिकारी घिमिरेको दोश्रो म्युजिक भिडियो सार्वजनिक भएको छ। फूलको जस्तो उडिजाने बोलको घिमिरेको गीत युट्युबवाट सार्वजनिक गरिएको हो।

सनम कडायत र बर्षा शिवाकोटीको अभिनयको रहेको भिडियोमा धन–सम्पतिको लागि हुने घरायसी तनाव र पैसाकै लागि दाम्पत्य जीवनको अन्त भएको घटनाक्रमलाई देखाउने कोशिश गरिएको छ। सत्यराज आचार्यको गायन तथा रमेश खड्काको संगीत रहेको गीतको एरेन्ज विष्णु अधिकारीले गरेका छन्।

गीतकार घिमिरे एनआरएन अमेरिका न्यूजर्सी च्याप्टरका महिला संयोजक र अन्तरराष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टरका कोषाध्यक्ष समेत रहेकी छन्।


प्रकाशन मिति–२०७२ साल चैत्र २० गते शनिवार ।