Mahira Khan in Raees 3काठमाडौ। बलिउड फिल्मका बादशाह शाहरुख खानको पछिल्लो चलचित्र ‘रईस’ रिलिज भएको ६ दिनमा करिब ६ करोड भारु कलेक्सन भैसकेको छ।

बक्स अफिसमा अत्यन्त चर्चा पाएको फिल्म रईस शाहरुखकी लेडी लभको भूमिकामा देखिएकी पाकिस्तानी अभिनेत्री माहिरा खान पनि यतिखेर चर्चाको शिखरमा रहेकी छन। माहिरा खानको रियल जीवन कहानीले बलिउडमा सनसनी मच्चाइरहेको छ । माहिरा चर्चित तथा महंगो पाकिस्तानी नायिका हुन् । छोटो समयमा उच्च तारिफ पाइरहेकी माहिराको जीवन कहानीले दुनियाँलाई अच्चमित परिरहेको छ ।

Mahira Khan in Raees 2माहिरा कुनै समय रेष्टुरेण्टमा वेट्रेसको पार्ट टाईम जागिरे मात्र होइन पसलमा झाडु पोछा लगाउने काम समेत गर्थिन भन्दा शुभेच्छुकहरु अच्चममा परिरहेका छन् । २१ डिसेम्बर, १९८४ मा पाकिस्तानको कराँचीमा जन्मिएकी उनी १७ बर्षको उमेरमा उच्च शिक्षाको लागि अमेरिका गएकी थिइन्।

अमेरिकामा पढाइको क्रममा उनले एक रेष्टुरेण्टमा वेट्रेसको पार्ट टाईम जागिर गरेकी थिइन् । त्यहाँ पढ्दा उनले एक पसलमा काम पनि गरिन । त्यो पसलमा उनले क्यासियर देखि झाडु पोछा लगाउने काम सम्म गर्थिन्। शाहरुखको फिल्ममा प्रशसनीय अभिनय गरेकी उनको कलाकारिता क्षेत्रमा सक्रिय हुनुपूर्व गरेका यस्ता कामले प्रशंसकहरुलाई अच्चममा पारेको छ ।

Mahira Khan in Raees1

क्यालिफोर्नियाको यूनिभर्सिटीमा अंग्रेजी साहित्यमा भर्ना भए पनि उनी एक बर्षपछि नै कलाकार बन्न पढाई छाडेर सक्रिय भएकी थिइन् । उनका पिता हफीज खान दिल्लीमा जन्मिएका थिए । भारत(पाकिस्तान छुट्टिंदा पाकिस्तान सरेका थिए । अलि असकरीसँग विवाह गरेकी उनको एक सन्तान समेत छन् । (भारतीय समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७३ साल माघ २२ गते शनिवार ।