Copy of Shikshaaa Samman 2काठमाडौ। अत्यन्त स–साना नानीहरुको सर्वाङ्गिन विकासका दुई बर्षअगाडि स्थापित शिक्षा किड्स एजुकेसन स्कुलले दोश्रो बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ।

Shikshaa 2

काठमाडौको कुलेश्वर स्थित शिक्षा किड्स एजुकेसनले स्थापनाको दोश्रो बर्षमा आयोजित अभिभावक दिवसमा स्कुलमा अध्ययनरत स–साना विद्यार्थीहरुको प्रतिभा प्रदर्शन गर्ने भयो। जसवाट स–साना विद्यार्थीहरुमा रहेको प्रतिभा त्यहाँ मज्जाले अभिभावक तथा अतिथिहरु समक्ष छताछुल्ल रुपमा पोख्न पाएका छन्।

Shikshaa 3

आजका स–साना नानीहरु नै भोलिको देशको कर्णधार भएकोले सानै उमेरदेखि नै खेलाउंदै पढाउंदै लग्ने सोच तथा अवधारणा अनुरुप शिक्षा किड्स एजुकेसनको स्थापना गरिएको संस्थापक प्रिन्सिपल विकास अग्रवालले बताएका छन्।

Shikshaa 1पीजी क्लास तथा नर्सरीमा गरेर हाल पच्चीस प्लस विद्यार्थीहरुको संख्या रहेको र ती विद्यार्थीहरुको सर्वाङ्गिन विकासमा स्कुल तथा शिक्षक कटिबद्ध भएर लागेको उल्लेख गर्दै संस्थापक प्रिन्सिपल अग्रवालले क्रमिक रुपमा स्कुललाई अपग्रेड गरेर लाने योजना रहेको बताए।

Shikshaa 4१७ बर्षदेखि शिक्षण पेशामा लाग्दैआएको अनुभवको आधारमा स्कुललाई स्थापना गरेको समेत संस्थापक प्रिन्सिपल अग्रवालले भनेका छन्। कार्यक्रममा सर्वोत्कृष्ट बनेका विद्यार्थीहरुलाई ट्रफी तथा प्रमाणपत्रव्दारा सम्मानित गरिएको थियो।

Copy of Shikshaaa Samman 3अक्षरा स्कुलकी संस्थापक प्रिन्सिपल अन्जु भट्टराई, मर्निङ्गग्लोरी इन्टरटेन्टमेन्टका म्यानेजिङ्ग डाइरेक्टर मोहना क्षेत्री, भिजन संसारका समाचार सम्पादक श्याम स्मृत लगायतकाको प्रमुख आतिथ्यतामा कार्यक्रम संपन्न भएको हो।

Shikshaa 5प्रकाशन मिति–२०७३ साल चैत्र १९ गते शनिवार ।