पहिरनको छनोट आफ्नो पेसा, उमेर र अवसरअनुसार गर्नुपर्ने धारणा

–श्याम स्मृत
काठमाडौं। जाडो मौसमको तुलनामा गर्मी यानी समरमा मानिसहरु बढी खुल्ने गरिन्छ। चर्को घाम अनि खपिनसक्नु गर्मी याम समरमा कुल कुल हुन चाहने मानिसको स्वभाविकता हो। यो स्वभाविकतामा समरमा फेसनेबल देखिन चुनौतीपूर्ण हुने गरेको Mrs Tourishm World 2020 समेत रहेकी सामाजिक अभियन्ता सुन्दरी अभिनेत्री शिलाष्मा हमाल अनुभव रहेको छ।

एकातिर चर्को घामले बाहिर निस्कनै मुस्किल हुन्छ । अर्कातिर गर्मीबाट बच्न र ट्रेन्डी देखिनुपर्ने हुन्छ । गर्मीको फेसनमा सबैभन्दा पहिला सहजतामा ध्यान दिनुपर्छ । जुन पहिरन आफूलाई सहज लाग्छ त्यही छनोट गर्नुपर्ने धारणा अभिनेत्री हमालको रहेको छ।

फेसनका अत्यन्त पारखी समेत रहेकी Mrs. Tourishm World शिलाष्मा हमालको अनुभवमा पछिल्लो समय ८०–९० ताकाको फेसन दोहरिन थालेको छ । फेसनमा नयाँ प्रयोग हुने भन्दा पनि पुरानोको पुनरावृत्ति हुने क्रम बढी चल्छ । अचेल बेली पाइन्ट लगाउने चलन छ । प्रिन्टेड सर्ट, बेली पाइन्टको फेसन पुनः दोहोरिएको छ ।

खासगरी पहिरनको छनोट आफ्नो पेसा, उमेर र अवसरअनुसार गर्नुपर्ने धारणा राख्ने हमाल गर्मी मौसममा धेरैजसो युवतीहरू वेस्टर्न आउटफिटमा हिँड्न रुचाउँने गरेको र आफूलाई पनि त्यस्तै मन परेको सुनाउछन्। हमालका अनुसार, समर फेसनमा अफिसका लागि सर्ट, ट्रेन्डी कुर्ती, लिनन पेन्ट लगाउन सकिन्छ भने कलेज जाँदा डेनिम, क्रप टप, टि–सर्ट रोज्न सकिन्छ । घुमघामका लागि वानपिस, सर्टस्, स्लिभलेस टि–सर्ट, फ्लेयर्ड ट्राउजर लगाउन सकिन्छ । त्यस्तै पार्टीमा गाउन, लंग ड्रेस हाल चल्तीमा छन्।

समर फेसनमा फिटिङ पहिरनभन्दा लुज पहिरन सहज हुन्छ । शरीरमा टाँसिएको कपडाले पसिना आउने भएकाले गर्मी महसुस गराउँछ । हिँडडुल गर्दा होस् वा कुनै काम गर्दा लुज वा हल्का पहिरन उपयुक्त हुन्छ । गर्मीमा त्यसै पनि बढी पसिना निस्कने भएकाले फिटिङ पहिरन लगाउन नहुने वताउने अभिनेत्री हमाल लुज पहिरनमा पसिना आउने तथा बाफिने समस्या नहुने भन्छिन्। घाममा बाहिर निस्कँदा शरीर पूरै ढाक्ने पहिरन लगाउनुपर्छ । यसले छाला कालो हुने, एलर्जी हुने, रुखो हुने समस्या हुँदैन । सिफन, कटन, जर्जेटजस्ता फेब्रिकबाट बनेका पहिरन लगाउन सकिन्छ । सर्ट ड्रेस, प्लाजो, सर्ट, एसिमिट्रिकल टप, कटन कुर्ती, क्रप टप आदि उपयोगी हुने गरेको हमालको सुझाव छ।

समर फेसनमा सबैभन्दा उपयोगी सेतो रंग हो । यो मौसमको सदाबहार रंग हो । गाढा रंग गर्मीका लागि उपयुक्त हुँदैन । यसले झन् गर्मी महसुस गराउँछ । सेतो रंगका पहिरन लगाउँदा शीतल महसुस हुन्छ । सूर्यको परावैजनी किरणलाई परिवर्तित गर्ने भएकाले यो रंगको पहिरनको छनोट राम्रो हुने खुलासा पनि अभिनेत्री हमालले गरेकी छन्। उनका अनुसार, पूरै सेतो पहिरन मन नपराउनेहरूले सेतोसँग पिंक, एक्वा, लेमन एल्लोको संयोजन मिलाएर लगाउन सक्छन ।

यो मौसममा कालो, बैजनी, नीलो, रातो, हरियो रंगको साटो हल्का रंगको पहिरन छनोट गर्नुपर्छ । हल्का रंगले शीतल अनुभव गराउँछ । स्ट्रबेरी आइस, गुलाबी रंगको सेड्स, पहेंलो र हरियो रंगको हल्का पेस्टल सेड्सको पहिरनले आकर्षक र प्रभावशाली देखाउँछ । त्यस्तै, क्रिम, एक्वा, सी ग्रिनजस्ता रंगले गर्मीमा राहत दिन्छन्।

(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७९ साल असार १४ गते मंगलवार ।