chhabi-ojha-with-shilpa-pokhrel

काठमाडौ। नेपाली चलचित्रमा अत्यन्त संभावना भएकी नायिका शिल्पा पोखरेलसंग बरिष्ठ चलचित्र निर्माता तथा वितरक छविराज ओझाको कोर्ट म्यारिज भैसकेको भित्रभित्रै हल्ला चल्न थालेको छ।

दुवैवीच यही आउने दशैंको टीकाको दिन टीको टालो गरिने भनिएतापनि त्यसअघि नै दुवैले खुसुक्क कोर्ट म्यारिज गरेको व्यापक हल्ला चलेपछि निर्माता तथा वितरक ओझाले त्यसलाई ठाडै अस्वीकार गरेका छन्। विवाहको बारेमा त्यति खुल्न चाहेका छैनन्। यदि आफूले शिल्पा पोखरेलसंग कोर्ट म्यारिज गरेको प्रमाण कसैले ल्याएमा ठूलै पुरस्कार दिने घोषणा पनि ओझाले गरेका छन्।

यद्यपि, शिल्पाले छविको अत्यन्त केयर गर्न थालेकी छन्। छविले पनि शिल्पाको हरेक कार्यलाई नजर अन्दाज गर्न थालेको बताइन्छ। शिल्पा भने छविसंगको संवन्धको बारेमा खुलेर कुरा गर्न त्यति रुचाउंदिनन्।

chhabi-ojha-with-shilpa-pokhrelप्रकाशन मिति–२०७३ साल भदौ २७ गते सोमवार ।