काठमाडौं। लिच्छवीकालिन राजा मानदेवको दरवार रहेको आलमपुर नगर नै हालको कागेश्वरी मनोहरा नगरपालिका वडा नंबर २ स्थित आलापोट हो । स्थानीय बूढापाका तथा संस्कृतिविद एवम् पुरातनविदहरु पनि आलापोटमा राजा मानदेवको दरवार रहेको पौराणिक लिच्छविकालिन नगर भएको कुरालाई सहर्ष बताइरहेको अवस्था रहेको छ।

यहाँका स्थानीयका अनुसार, कतिपय घर निर्माणका क्रममा जग खन्ने क्रममा लिच्छविकालिन इट्टा तथा घैटा लगायतका बस्तुहरु भेटिने गरेको छ। यसले पनि आलापोट लिच्छवीकालिन राजा मानदेवको दरवारको भग्नावेश पुरिएको हुनुपर्ने जिकिर आलापोटको विकास निर्माणमा सामाजिक उत्प्रेरक बन्दैआएका प्रतिष्ठित सामाजिक व्यक्तित्व तथा स्थानीय निर्वाचनमा नेकपा एमालेवाट वडा अध्यक्षको उम्मेदवार रहेका शिवराम बस्नेतको रहेको छ।

नजिकै रहेको चाँगुनारायण मन्दिर लिच्छिवीकालिन राजा मानदेवको धरोहर भएको ऐतिहासिक प्रमाण अनि त्यस वरपर दरवार हुनुपर्ने पुरातत्वविदहरुको खोज तथा अनुसन्धानले पनि आलापोट मानदेवको आलमपुर नगर भएको धेरै पुष्ट्याइ दिने गरेको बस्नेतको दावी रहेको छ।

यो ऐतिहासिक नगरी आलामपुर अर्थात आलापोटको विकास निर्माणमा आफ्नो अग्रता कायमै रहने र मानदेवको दरवारको विषयमा उत्खनन गर्ने र गराउने कार्यमा पुरातत्वविदहरुसंग सल्लाह गरेर ऐतिहासिक नगरीको रुपमा विकास गर्ने आफ्नो भिजन र मिसन नै रहेको पनि वडा अध्यक्षका उम्मेदवार बस्नेतले बताएका छन्।

उत्खननवाट पुरिएको मानदेवको दरवार भेटिएमा त्यसको संरक्षण तथा संवद्र्धन गरेर आलापोटलाई ऐतिहासिक पर्यटन हबको रुपमा विकास गर्ने प्रमुख योजना रहेको पछि बस्नेतको भनाई छ।

प्रकाशन मिति–२०७९ साल बैशाख २७ गते मंगलवार ।