काठमाडौं। श्रेया दुलाल नायिका मात्र नभइकन निर्देशक पनि बनिसकेकी छन्। सानो उमेरदेखि कलाकारिताको मोहले चलचित्र क्षेत्रमा लागेकी श्रेया दुलाल चलचित्र धुन लगायतवाट नायिका वनिसकेकी छन्। त्यस्तै गरेर, मनिषा पोखरेलको एक गीतको भिडियो निर्देशन गरेर निर्देशकमा पनि नाम लेखाइसकेकी नायिका दुलालको चाहना निर्देशन र अभिनय दुवै हो।

यद्यपि, आफूलाई उनी नायिका नै भन्न बढी रुचाउंछिन्। चलचित्र ‘शिशा’मा एक मोडलको भूमिका निर्वाहा गरेकी कलाकार श्रेया दुलाल ‘धुन’लाई आफ्नो पहिलो प्रोजेक्ट भन्छिन् । यो चलचित्रमा उनी स्वयंम आफै निर्मात्री पनि बनेकी थिइन्। १७ बर्षको उमेरदेखि नै व्यापार व्यवसायमा व्यस्त बन्दैआएकी श्रेयाले लगानी गरेर आफू हिरोइन बन्न नआएको बताएकी छन्। ‘धुन’मा लगानी मात्र गरेर जोडिन खोजेको भएतापनि गायिका पात्र सुहाउने भएपछि निर्देशकले नै व्यापक आग्रह गरेपछि त्यस भूमिकामा आफूले खेलेको जानकारी पनि उनले दिएकी छन्।

चलचित्र निर्माण तथा अभिनय अनि निर्देशक आफ्नो भिजन तथा मिसन भएको कारण यसलाई निरन्तरता दिने वताउने उनी नेपाली चलचित्र वाहेक भोजपुरी फिल्ममा पनि व्यस्त वनेकी छन्। भोजपुरी फिल्म उद्योगमा पनि बेग्लै पहिचान बनाइसकेकी उनले भोजपुरी फिल्ममा आफू छाडा रुपमा कहिले पनि प्रस्तुत नभएको र अत्यन्त सरल अनि शालिन कथावस्तुमा नै प्रस्तुत भएको वताएकी छन्।

प्रकाशन मिति–२०७९ साल साउन २० गते शुक्रवार ।