काठमाडौ। काठमाडौको जैसिदेवल स्थित कीर्तिपुण्य महाविहार(क्वहिति बहाल)मा न्हापांगु पलाः नामक संस्थाको आयोजनामा म्हःपूजा अर्थात शरीर पूजा संपन्न भएको छ। ६० बर्षभन्दा माथिका ४० जना ज्येष्ठ नागरिकहरुलाई पहिलो पल्ट सामुहिक म्हपूजा(शरीर पूजा)गर्ने काम सुसम्पन्न भएको हो।

shila sayami

नेपाल संवत नया बर्ष ११३८ को पहिलो दिन नेवार समुदायले परिवारका सवै सदस्यहरु एकै ठाँउमा बसेर म्हःपूजा गरेर बर्सेनी स्वयमको सुस्वास्थ्य र दीर्घायुको कामना गर्ने गर्दछन्।

shila sayami.1

सोही कामना गर्ने अलौकिक परम्परालाई संस्थाका अध्यक्ष शीला सायमीको सक्रियतामा जलमण्डल र तेलमण्डल सहित पूजा  अण्डा लगायत सगुन प्रदान गरेर ज्येष्ठ नागरिकहरुको म्हःपूजा गरेर नयाँ आयाम थप्ने कार्य गरेकी छन्।

दुई बर्षअघि ज्येष्ठ नागरिकहरुको एक्लोपनालाई मेटाएर नयाँ ऊर्जा प्रदान गर्ने उद्देश्यले घाम ताप्दै एकआपसमा भलाकुसारी गर्ने गरी चारजनाबाट शुरु गरिएको अभियानमा हाल ६० भन्दा बढीको उत्साहजनक सहभागिता हुने गरेको छ। जसको अगुवाई अध्यक्ष सायमीवाट हुंदैआएको छ। सायमीकै पहलमा पहिलोपल्ट यो बर्ष ज्येष्ठ नागरिकहरुको संयुक्त म्हःपूजा कार्यक्रमको आयोजना भएको हो।

Photo By-Mr.Nirmal Bajracharya
प्रकाशन मिति–२०७४ साल कात्तिक ३ गते शुक्रबार ।