Bidhya Devi Bhandari in Krishna Mandirकाठमाडौ। श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी विहीवार साँझ ललितपुरको पाटन दरवार स्क्वायर स्थित प्रसिद्ध कृष्ण मन्दिरको दर्शनमा पुगेकी छन्।

श्रीकृष्ण जन्माष्टमीका दिन राष्ट्र प्रमुखले कृष्ण मन्दिर दर्शन गर्ने प्रचलन अनुरुप राष्ट्रपति भण्डारी पाटन मन्दिर पुगेकी हुन्। मन्दिरका पुगेर उनले पुजारी प्रतापधर शर्माबाट टीका तथा प्रसाद ग्रहण गरेकी छन्।

दर्शनका क्रममा भण्डारीले मन्दिरको पूर्व अवस्थित मङ्गाहिटीमा रहेको प्राचीन ढुङ्गेधाराका बारेमा समेत चासो व्यक्त गरेकी थिइन्।
प्रकाशन मिति–२०७३ साल भदौ ९ गते विहीवार ।