काठमाडौ। विवाह गरेको महिना नवित्दै श्रीमान गुमाएकी नायिका स्वेता खड्काले श्रीमानको सपनालाई साकार पार्न नै चलचित्र निर्माणमा होम्मिएको बताएकी छन्।

नेपाली चलचित्र उद्योगका अत्यन्त लोकप्रिय अमर नायक श्रीकृष्ण श्रेष्ठसंगको दाम्पत्य जीवनको एक महिना पनि पूरा गर्न नपाउंदै एक्लो बन्नु परेकी स्वेताले श्रीमान वितेको अढाई बर्षपछि निर्माण गरेको चलचित्रको नाम हो–कान्छी।

चलचित्र कान्छीको अलनेपाल रिलिज शुक्रबारवाट भएको छ। स्वेता खड्का चलचित्र कान्छीको लिडिङ्ग रोलमा रहेकी छन्। उनको अपोजिटमा नायक दयाहाङ राई रहेका छन्। आकाश अधिकारी निर्देशित चलचित्र कान्छी अपेक्षाकृत नेपाली चलचित्रका दर्शकहरुले पहिलो दिन अत्यन्त रुचाइएको बताइएको छ।

सोलो रिलिजको मौका पाएको कान्छीले देशभर ७० बढी हल पाएको छ। सामाजिक प्रेम कथामा आधारित रहेर निर्माण गरिएको यस फिल्ममा दया र श्वेतासँगै कामेश्वर चौरसिया, अशान्त शर्मा, अनु शाह, भूमिका श्रेष्ठ, प्रज्वल सुजल गिरी, नीर शाहलगायतको मुख्य भूमिका रहेको छ।

मुस्ताङ, अपर मुस्ताङ, जोमसोम, काठमाडौ लगायतका स्थानमा खिचिएको यस फिल्ममा शैलेश खड्का निर्माताका रूपमा रहेका छन्। रविन खड्का यस फिल्मका सहनिर्माता हुन्। काया फिल्मस र बुम रेमिटुको ब्यानरमा निर्माण भएको यस फिल्ममा अर्जुन पोखरेल, राजनराज सिवाकोटी, शम्भुजित बाँस्कोटाको संगीत, वसन्त श्रेष्ठको नृत्य निर्देशन, हिमाल केसीको द्वन्द्व समावेश छ।

पुरुषोत्तम प्रधानले खिचेको फिल्मलाई वनीष शाह र भूपेन्द्र अधिकारीले सम्पादन गरेका छन्। चलचित्र कान्छी चर्चाको शिखरमा नै रहेको छ।

प्रकाशन मिति–२०७४ साल फागुन ४ गते शुक्रबार ।