Red Pahiranकाठमाडौ। श्रीमान वितेका एकल महिलाहरुले रातो पहिरन तथा सौभाग्यको प्रतिक टीका, पोते तथा सिन्दूर लाउन नपाउने विभेद नेपाली समाजमा अझै कायम रहेको छ। यस विभेदको अन्तको लागि महिलाहरु नै जागरुक हुन थालेका छन्।

यसक्रममा नुवाकोट बागेश्वरीका एकल महिलाले सामूहिक रुपमा रातो पहिरन लगाएर यस विभेदको अन्त गर्ने प्रयास गरेको छ। सूर्यगढी गाँउपालिका–२ र ३ मा रहेका १८४ जना महिलाले रातो टीका, सारी र पछ्यौरा लगाएका हुन् ।

श्रीमानकाृ निधनपछि महिलाले त्याग गर्दै आएको रातो पहिरनले समाजमा अपहेलित हुनुपरेको भन्दै सामूहिक रुपमा भेला भएर सौभाग्य ग्रहण गरेको बागेश्वरी एकल महिलाका अध्यक्ष देउती ढकालले भनेकी छन्।

एकल महिलालाई राज्यले सामाजिक सुरक्षा भत्ता दिँदै आए पनि सामाजिक पुनःस्थापना तथा समुदायमा रहेको विभेदकारी नीतिको अन्त्य गराउन भने पहल नगरेको उनीहरुको गुनासो छ ।
प्रकाशन मिति–२०७३ साल चैत्र ७ गते सोमवार ।