Sriswasthani Brata katha 1काठमाडौ। आज पौष शुक्ल पूर्णीमा, आजदेखि घरघरमा श्रीस्वस्थानी ब्रत कथा बाचन तथा ब्रत सुरु भएको छ। पुस शुक्ल पूर्णीमाका दिनदेखि सुरु भएको ब्रत माघ शुक्ल पूर्णीमासम्म जारी रहनेछ।

परापूर्व कालमा हिमालय पर्वतकी पुत्री पार्वतीले महावदेव पति पाउँ भनि ब्रत बसेको सम्झनामा हिन्दु नारीहरुले एक महिनासम्म यो ब्रत बस्ने गर्दछन्। ब्रत आरम्भ भएको पहिलो दिन आज बिहानैस्थानीय नदी तथा तलाउमा स्नान गर्ने महिलाको घुइँचो लागेको छ।

Swasthani_2016_hamrakura.1

महिलाहरुले माघ शुक्ल पूर्णिमाका दिनसम्म एक महिना हरेक दिन बिहानै उठेर स्थान गर्ने तथा अपारहृन श्रीस्वस्थानीको पाठ पढ्ने तथा पढेर सुनाउनुका साथै पाठपूजा गर्ने गर्दछन्। विवाहिताले पतिको दीर्घायुको कामना गरेर र अविवाहिताले योग्य बर पाउँ भन्ने कामना गरेर यो ब्रत लिने गर्दछन्।

Sriswasthani Brata katha 2

आजैवाट काठमाडौको उत्तरी भेगमा रहेको साँखुको प्रसिद्ध धार्मिक स्थल श्रीस्वस्थानीको पावनभूमि सालीनदीमा मेला लागेको छ। मेला एक महिनासम्म चल्ने छ।
प्रकाशन मिति–२०७३ साल पुस २८ गते विहीवार ।