M/s Sunita Kayastha-New Elected Chairman of Sankalpa Bikash Kendra Nepal
M/s Sunita Kayastha-New Elected Chairman of Sankalpa Bikash Kendra Nepal

काठमाडौ। सामाजिक विकास तथा समाज सेवामा अग्रणी संस्था संकल्प विकास केन्द्र नेपालको पाँचौ साधारण सभा संपन्न भएको छ। साधारण सभाले अध्यक्ष पदमा सुनिता कायस्थलाई चयन गरेको छ।

सर्वसम्मत निर्वाचित अध्यक्ष कायस्थको नेतृत्वमा सात सदस्यीय नयाँ कार्य समिति पनि चयन भएको हो। जसअनुसार उपाध्यक्ष सुमी राजभण्डारी, सचिव शान्ति श्रेष्ठ,कोषाध्यक्ष शान्तिलक्ष्मी श्रेष्ठ तथा सदस्यहरुमा मञ्जु रानामगर, लक्ष्मी कुमारी श्रेष्ठ र कल्पना राई रहेका छन्।

Sunita Winner 1सर्वसम्मत निर्वाचित अध्यक्ष सुनिता कायस्थले संस्थाको उदेश्य तथा लक्ष्यअनुरुप कार्य गर्ने बताएकी छन्। विसं.२०६९ साल फाल्गुण महिनामा स्थापित यस संस्थाले महिलाको हक, हित र रोजगारीको क्षेत्रमा विशेष योगदान दिने कार्य गर्दैआएको छ।

संकल्प विकास केन्द्र नेपाल महिला दिदीबहिनीहरुलाई स्वरोजगारमुखी कार्यक्रमहरु मार्फत सामाजिक विकास तथा समाज सेवामा योगदान दिदैआएको गैरनाफामूलक विशुद्ध सामाजिक संस्था भएको अध्यक्ष कायस्थले भनेकी छन्।

अव यस संस्थालाई शिक्षा, स्वास्थ्य, बाताबरण तथा कृषि क्षेत्रमा पनि क्रियाशील गराउने योजना रहेको जानकारी पनि अध्यक्ष कायस्थले दिएकी छन्।
प्रकाशन मिति–२०७४ साल साउन १० गते मंगलवार ।