Prem Moktan 3काठमाडौ। पूर्वी नेपाल इलामा प्रतिभाशाली गायक प्रेम मोक्तानको पहिलो गीति–एल्वम प्रेम–प्रेयसी सार्वजनिक भएको छ। गायक मोक्तानको एकल गायन रहेको गीति–एल्वम विलकुलै नेपाली गीत–गजल हो। जसमा पाँचवटा दिलै छुने गीत–गजलहरु रहेका छन्।

Prem Moktan 4

Prem Moktan 2

ती गीत–गजलमा भरत बम्जन, डिकेश लामा, देवदत्त भट्ट र केशव थिङ्गका रचना रहेका छन्। पूर्ण परियार र टंक बुढाथोकीले संगीत दिएका छन्। संगीत एउटा त्यस्तो अस्त्र हो, जसको अगाडि बन्दूक पनि कमजोर बन्छ भन्ने धारणा राख्ने गायक प्रेम मोक्तान हाललाई आफ्नो पहिलो गीति–एल्वमको नाम प्रेम–प्रेयसी भाग १ राखेको र यसलाई क्रमिक रुपमा विभिन्न भागहरुमा निकाल्दै लाने लक्ष्य रहेको पनि बताउंछन्।

Prem Moktan 1संगीतलाई बाँच्ने आधार नै भएको बताउने गायक मोक्तान संगीत विनाको जीवन आफूलाई निक्कै अधुरो तथा अपुरो रहने प्रतिक्रिया व्यक्त गर्छन्।
प्रकाशन मिति–२०७३ साल भदौ १७ गते शुक्रबार ।