काठमाडौ। नेपालको नयाँ घोषित संविधानमा पाँच नंवर प्रदेश टुक्राउने गरी व्यवस्थापिका संसदमा दर्ता भएको संविधान संशोधनको विरोधमा पश्चिम नेपालका तराई तथा पहाडी जिल्लामा आन्दोलनको आगो दन्किरहेको छ। जिल्लास्तरीय आन्दोलन हुंदैआएकोमा पश्चिम नेपालको प्रमुख शहर बुटवलमा शुक्रबार बृहत मानव सागर नै उर्लिएको छ।

butwal-movement-2

बुटवलमा आन्दोलनको बिगुल कडा भएको छ। बृहत प्रदर्शन सत्ताधारी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रका नेताहरु सहित अपोजिसन पार्टी नेकपा एमालेका कार्यकर्ताहरुको व्यापक सहभागिता रहेको बुटवलवाट प्राप्त समाचारमा उल्लेख रहेको छ। प्रदेश विभाजन विरुछ स्थानिय समाजसेवी, व्यापारी र नागरिक अगुवाहरुले सहभागिता र साथ जनाउंदै आएका छन्।

आमसभामा पाँच नम्बर प्रदेशका केन्द्रीय नेता र सांसदहरु पुगेका थिए। सभालाई सम्बोधन गर्न नेकपा एमालेका उपमहासचिव बिष्णुप्रसाद पौडेल, एमाले सचिव गोकर्ण बिष्ट, नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी, नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी बुटवल पुगे।

butwal-movement-1

संशोधन प्रस्ताब फिर्ता नभएसम्म आन्दोलन नरोकिने कांग्रेस नेता भण्डारीले बताए। प्रदेश नम्बर पाँच अन्तर्गतका सबै जिल्लामा जिल्लास्तरीय संघर्ष समिति गठन गरिएको छ। उक्त समितिमा जिल्लास्थित दलहरु सम्मिलित छन्। केही दिन यता प्यूठान, रोल्पा, अर्घाखाँची, गुल्मी, पाल्पा र बुटवलसहित जिल्लामा प्रदर्शन भइरको छ।
प्रकाशन मिति–२०७३ साल मंसीर १७ गते शुक्रबार ।