newa-julush

काठमाडौ। नेपालको व्यवस्थापिका संसदमा सरकारले दर्ता गरेको संविधान संशोधन विधेयकको विरुद्ध काठमाडौमा प्रदर्शन भएको छ।

मंगलवार अपरान्ह नेवाः स्वायत्त राज्य संघर्ष समितिले नेवार समुदायको माग विधेयकले संवोधन नगर्ने भन्दै त्यसको विरोध गरेका हुन्। आदिवासी–जनजातिलगायत विभेदमा पारिएका समुदाय क्षेत्रको माग र समस्याप्रति बेवास्ता गरेको नेवाः स्वायत्त राज्य संघर्ष समितिको भनाइ रहेको छ।

असनवाट शुरु भएर इन्द्रचोकमा पुगेर सभामा परिणत भएको प्रदर्शनका सहभागीहरुले पहिचानसहितको संघीयता सुनिश्चित हुनुपर्ने माग गरेको थियो।
प्रकाशन मिति–२०७३ साल मंसीर २१ गते मंगलवार ।