ललितपुर । लागूऔषध दूव्र्यसनका कारण पारिवारिक मात्र नभइकन समाज अनि देश तथा विश्वलाई नै असर परिरहेको वर्तमान अवस्था छ।

यस अवस्थालाई चित्रित गर्दै नेपालभाषामा पनि सन्देशमूलक गीतको भिडियो तयार भएको छ। जुन गीतको बोल नै देय् या लागीं  रहेको छ।

संसार्स अनलाइन टेलिभिजन मार्फत विश्वव्यापी रिलिज भएको यस गीतको भिडियोका प्रस्तुतकर्ता तथा गीतकार प्रेम महर्जन हुन्।

सुमन कपालीको संगीत रहेको यस गीतको भिडियोमा सुप्रसिद्ध गायक नरेन्द्र प्यासीको गायन छ।

मल्टीट्यालेन्टेट सञ्चारकर्मी सुरजबीर बज्राचार्यको भ्वाइस ओभर समेत रहेको यसको गीतको भिडियोमा बिह्वल श्रेष्ठ, सुजना बज्राचार्य र बिना अवालेको अभिनय छ।

कन्सेप्ट तथा निर्देशन सनमकुमार घायलको छ।