सरकार परिवर्तनको खेलसंगै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याउन लागेको बजेट अन्यौलमा परेको छ । नयाँ सविधानमा जेठ १५ गते बार्षिक बजेट प्रस्तुत गर्नु पर्ने ब्यवस्था गरिएको छ । तर सत्तारुढ दलहरुका सत्ता खिचातानीको कारण यस पटक पनि नयाँ बजेट अन्यौलमा परेको हो । अर्थ मन्त्रालयले बजेट निर्माणको अन्तिम तयारी गरिरहेको अवस्थामा एकाएक सत्तारुढ साझेदार दल मध्येको ठुलो दल एकीकृत नेकपा माओवादीले सरकारबाट हट्ने निर्णय गरे पछि बजेट निर्माणको कार्यमा समेत अन्यौलता पैदा भएको छ । अर्थ मन्त्रालयका अनुसार जेठ १५ गते बजेट प्रस्तुत गर्नको लागि अहिले सम्म करीव ९५ प्रतिशत काम भइसकेको छ । तर सरकार परिवर्तनको सकेत देखिए पछि बजेट निर्माणको टिम पनि अन्यौलमा परेको छ । अर्थ मन्त्रालयका बरिष्ठ आर्थिक सल्लाहकार डा गोविन्द नेपालले अर्थ मन्त्रालयको बजेट निर्माण प्रकृया अन्तिम चरणमा पुगिसकेको बताउनु भयो ।

News24 Nepal