https://www.youtube.com/watch?v=13zTxPLyhFE

काठमाडौं। आमाको आँसु झर्नु हुन्न। त्यस्तै मायाको सिन्दूर मर्नु पनि हुन्न। हामी नेपाली हुनुको पौरखता तथा गौरबतालाई सगरमाथा जस्तै उच्च वनाइराख्नु पर्दछ। यस्तै भावनाले ओतप्रोत भएको नेपाली हुनुको गौरबता अनि शानको यथार्थतामा हामी नेपाली बोलको गीत तयार भएको छ।

बुनियाद गीतका बुलन्द गीतकार सनम कुमार बैरागको शव्द रचनामा हामी नेपाली बोलको यथार्थवादी गीत तयार भएको हो। हाललाई लिरिकल भिडियोको रुपमा सार्वजनिक भएको हामी नेपाली वोलको गीतका गायक तथा संगीतकार गंगाराज राई हुन्।

बेलायतवासी गायक गंगाराज राईको सुमधुर गायन रहेको यो गीतको रेकर्डिङ बेलायतमा नै भएको हो। नेपालमा रहेका रेकर्डिष्ट तथा म्युजिक एरेञ्जर देवेश राईको म्युजिक एरेञ्जमा भएको यो गीतलाई लिरिकल भिडियोको रुपमा भिजन संसारको प्रस्तुतिमा सार्वजनिक भएको छ।

निकट भविष्यमा चाँडै म्युजिक भिडियोको रुपमा ल्याउने जानकारी गीतकार सनम कुमार बैरागले दिएका छन्। लिरिकल भिडियोको सम्पादन गीतकार सनम कुमार बैराग आफैले गरेका हुनभने, बैरागलाई भिडियो एडिटर अभिमन्यु कुमार बैरागको पनि साथ तथा सहयोग रहेको छ।

https://www.youtube.com/watch?v=13zTxPLyhFE

प्रकाशन मिति–२०७८ साल बैशाख १९ गते आइतवार ।