Sunny Leon HOtकाठमाडौ। लामो समय अश्लिल ब्लु–फिल्ममा कार्यरत बनेर बलिउड आएर तहल्का मच्चाउंदै आएकी अभिनेत्री सनी लियोन अव भने आमा बन्ने तर्खरमा रहेकी छन्। ब्लु–फिल्मको काममा व्यस्त हुंदा नै सनी लियोनको ब्लु–फिल्मकै अभिनेता डायनियल वेभरसंग प्रेम–रोमान्स पश्चात विवाह भएको थियो।

विवाह पश्चात ब्लु–फिल्म इण्डष्ट्री छाडेर बलिउडमा पति डायनियलसंगै आएकी सनीलाई आमा बन्ने रहरले सताएको छ। भारतीय समाचार एजेन्सीले दिएको जानकारी अनुसार पति डायनिल तथा सनी लियोन दुवैले बच्चा पाउने पक्का–पक्की गरिसकेका छन्। दुवैले उपयुक्त समय खोजिरहेको भनेका छन्।

Sunny-Leone-Cute-3

सही समय नमिलेर आमा बन्ने कार्यलाई पोस्टपोन गरिरहेकोमा अव यो २०१६ सालको अवधिभित्र आमा बन्ने योजनामा आफू रहेको पनि सनी लियोनले मुख खोलेकी छन्। आमा बन्ने पूर्वसन्ध्यामा पति डायनिललाई आफ्नो जीवनकै सफलता समेत भनेर व्यापक प्रशंशा गरेको भारतीय समाचार एजेन्सीले उल्लेख गरेको छ।

प्रकाशन मिति–२०७२ साल पुष १८ गते शनिवार ।