लण्डन। सपनाहरु बोकेर बिदेसिएको एउटा युवाको भोगाई र त्यसले परिवार र समाजलाई पारेको उल्झनलाई केन्द्रबिन्दु बनाएर निर्माण गरिएको चलचित्र “उल्झन“ को रेड कार्पेट प्रिमियर बेलायतमा हुने भएको छ।

आगामी मार्च १८ गते एम्पायर हल अलडरसटमा रेड कार्पेट प्रिमियर हुने भएको हो। ,त्यस्तै ह्यरो फुटबल क्लब साऊथ ह्यरोमा मार्च २५ गते साथै रेडिंग, स्विंडन, बेजिंगस्टोक , ननिनटंग, बर्मिंगम, योर्क तथा स्कटलैंड लगायतका स्थान हरुमा चलचित्रको प्रदर्शन गरिने भएको छ।

चलचित्रमा बेलायतबासी नायक ध्रुब दत्त, नायिका रजनी केसी लगायत बेनी ढुङ्गाना, दिनेश शर्मा , रामचन्द्र अधिकारी लगायतका कलाकरहरुको अभिनय रहेको छ। राजु अधिकारीको निर्देशन रहेको सो चलचित्रको प्रस्तुतकर्तामा तेजेन्द्र कंडेल, कार्यकारी निर्मातामा नारायण ढुङ्गाना र निर्माताहरुमा हरि कृष्ण कार्की र नबिन अधिकारी रहेका छन्।

आयोजकका अनुसार बेलायतको अलावा यूरोपका बिभिन्न देशहरुमा चलचित्र प्रदर्शन गरिने भएको छ। नेपालको प्रदर्शन मिति पनि छिट्टै तय गरिने भएको छ।
प्रकाशन मिति–२०७४ साल माघ २४ गते बुधवार ।