Jeegisha 2लन्डन । बेलायतको रंगमञ्चको इतिहासमा समय दृश्य नाटक पछि अत्यन्त चर्चा पाउन सफल पछिल्लो नाटक जीगिषा अर्थात जित्ने इच्छाको फेरि मन्चन भएको छ।

बेलायतमा नै रहेका सागर खत्री तथा तुलक रेग्मीको आयोजनामा आज १२ जुन अर्थात जेष्ठ २९ गते सोमवार बेलायतको बर्गीहममा भव्य मन्चन भएको छ। नाटक जीगिषाका लेखक तथा निर्देशक सनम कुमार बैरागका अनुसार, बर्गीहमका दर्शकहरुले पनि जीगिषालाई अत्यन्त मन पराएका छन्।

नाटकको सहज प्रस्तुति र कलाकारहरुको उत्कृष्ट अभिनयले दर्शहरुको मन जित्न सफलता प्राप्त गरेको छ। जसमा ध्रुव दत्त, प्रसुना कंडेल, सुरेश श्रेष्ठ, मनिषकुमार श्रेष्ठ लगायतका कलाकारहरुले बेजोड अभिनय गरेका छन्।

Jeegisha 1प्रकाशन मिति–२०७४ साल जेष्ठ २९ गते सोमवार ।