लण्डन । समय दृश्यको सफल प्रस्तुति पछि फर्स्ट एजुकेट नेपाल यु के ले अब दोश्रो प्रस्तुति जीगिषा मंचन हुने भएको छ। जीगिषा एउटा यस्तो थ्रेटर हो, जुन नेपालमा भएको यथार्थ घटनालाई समेटेर तयार परिएको नाटक हो।

Jigisha 1

जहाँ नेपालमा महिला र पुरुष बिचको भेदभाब र जनयुद्दलाई जस्ताको तस्तै गरी तयार पारिएको नाटक हो। यस नाटकका लेखक तथा निर्देशक प्रसिद्ध रंगकर्मी सनम कुमार बैराग हुन । निर्देशक बैराग सानै देखि यस क्षेत्र मा अत्यन्त रमाउंदै आएका सशक्त कलाकार तथा लेखक समेत हुन।

Director Mr Sanam Kumar Bairag
Director Mr Sanam Kumar Bairag

यस अघि रंगकर्मी बैरागले गत बर्ष २०७२ साल बैशाख १२ गते नेपालमा आएको विनाशकारी महाभूकम्पले क्षत–विक्षत पारेको मातृभूमि नेपालको यथार्थ घटनालाई समेटेर गत बर्ष समय दृष्य निर्देशन गरेर मंचन गरेका थिए। जुन नाटक बेलायतमा अत्यन्त रुचाइएको सर्वप्रिय नाटक बन्न सफल भएको थियो।

Jigisha 2

नाटक जीगिषामा चलचित्र क्षेत्रमा आफ्नो छुट्टै परिचय राख्न सफल नायक ध्रुब दत्त, डान्सर तथा निर्देशक सुरेस श्रेष्ठ, लण्डनको चार्चित मोडल र धेरै म्युजिक भिडियो मा र नाटक समय दृष्यूमा काम गरी सकेकी मोडेल प्रसुना कंडेल,मिस २०१४ म टप ५,मिस्स ट्यलेन्ड जित्न सफल भएको सुस्मिता थापाले मुख्ख्य भूमिका निभाउने भएका छन्।

Jigisha 3

आउने १८ फरवरी २०१७ शनिवारका दिन प्रेस मिट गरेर यस वारेमा अझ विस्तृत जानकारी दिने निर्देशक बैरागले भनेका छन्। जसका लागि बेलायतमा रहेका संचारकर्मी पत्रकार साथीहरुलाई निम्न स्थानमा उपस्थित भएर सहयोग गरिदिन हुन समेत निर्देशक बैरागले अनुरोध गरेका छन्।
स्थान :- 86 Northfield Avenue, London. W13 9RR
समय:- 12:00pm -4:00pm
बिस्तृत जानकारीको लागि जीवन के गाँउले-07477148730 वाँ सनम कुमार बैराग -07445 871375 लाई सम्पर्क गर्न सक्नु हुने छ ।

प्रकाशन मिति–२०७३ साल माघ २४ गते सोमवार ।