काठमाडौ। नेपालको ईमेज च्यानलवाट प्रसारण हुंदैआएको नेपालभाषाको चर्चित हाँस्य–व्यंग्यात्मक कार्यक्रम समयबजीको प्रसारणको ६ सय ५० भाग पुगेको छ। यस अवसरमा समयबजी टीमले खुशीयाली लसता कार्यक्रम संपन्न गरेको छ।

Mr.Bijay Ratna Tuladhar-First Nepal Bhasha film Journalist & Vetran Journalist of Nepal.

नेपालभाषाको प्रथम चलचित्र पत्रकार तथा अग्रज पत्रकार विजयरत्न तुलाधरको विशेष आतिथ्यतामा उक्त खुशीयाली लसता कार्यक्रम भएको हो।

समयबजीका लेखक तथा निर्देशक सुरेन्द्र मानन्धर लगायत रेवन्तलाल श्रेष्ठ, रजनी खड्गी लगायतले रमाइलो पाराले संचालन गरेको लसता कार्यक्रममा गोविन्द ह्युमत, मोहनकृष्ण श्रेष्ठ, सुरज सायमी, सुनिता मानन्धर, एलिना मानन्धर, सलिलसुन्दर तुलाधर लगायतले गीत गायन तथा रोज महर्जनले मयजु हनुमान बनेर नृत्य प्रस्तुत गरेकी थिइन्।

साथमा राजन शाही र सन्ध्या खड्गीले युगल नृत्य प्रस्तुत गरेर सवैको मन जितेका थिए।
प्रकाशन मिति–२०७४ साल कात्तिक २८ गते मंगलवार ।