Mansoon Barsha 2काठमाडौ। मौसमी प्रणालीमा आइरहेको फेरबदलले यो वर्ष चाँडै मनसुन शुरु भएको छ। सामान्यतयाः जुन १० बाट नेपालमा मनसुन सुरु हुने गर्छ । तर, यसवर्ष भने नेपालमा मनसुन सामान्यभन्दा केही दिन अगाडि सुरु भएको पाइएको छ।

१० जुनमा पूर्वी नेपालबाट मनसुन प्रवेश गरी केही दिनमा देशभर फैलिने गर्छ । यसवर्ष भने नेपालमा मनसुन चाँडो शुरु भएको छ। दक्षिण एसियामा, मनसुन बंगालको खाडी हुँदै उत्तर पूर्वतिर अगाडि बढ्ने गर्छ । हालसम्मको मौसमी नक्सा तथा भू–उपग्रहको चित्रबाट प्राप्त सूचनाका आधारमा पूर्वी र मध्य बंगालको खाडीमा तथा बंगलादेशको मध्य भागसम्म मनसुन विकसित भइसकेको हुँदा, नेपालमा मनसुन केही दिन अगाडि नै भित्रिएको अनुमान गरिएको छ।

पूर्व मनसुन र मनसुनको संघारमा रहेकाले नेपालमा हाल मौसम बदलीसँगै वर्षात् भैरहेको छ। बंगालको खाडीबाट सतही रुपमा आइरहेको जलवास्पयुक्त हावा तथा भारतको विहार आसपासमा न्यूनचापीय प्रणाली विकास भएकाले त्यसको असरस्वरुप नेपालका धेरै स्थानमा बदली भएको छ।

योसँगै मनसुन रेखापनि स्थापित हुँदै गरेकाले बदली र वर्षात् भएको हो। देशभरि नै वर्षात् गराउने प्रणाली विकास भएकाले मंगलबार र बुधबार सामान्यभन्दा ठूलो वर्षात् हुने मौसम विज्ञान विभागको अनुमान रहेको छ।

Mansoon Barsha 1प्रकाशन मिति–२०७४ साल जेष्ठ २२ गते सोमवार ।