Suresh Shrestha 1काठमाडौ। बेलायतमा नेपाली नाटकको इतिहासमा गौरबशाली स्वर्ण अक्षर दुई नाटक समय दृश्य र जीगिषावाट लेख्ने कार्य भएको छ। यी दुवै नाटकमा स्वभाविक तथा प्रभावशाली भूमिकामा अभिनय गर्ने कलाकार सुरेश श्रेष्ठ पनि हुन्। यिनै कलाकार सुरेशको अभिनयको चर्चा हाल चल्न थालेको छ।

Suresh Shrestha 5नेपालमा रहंदा कुनैबेला नेपालका बरिष्ठ नृत्य निर्देशक राजु शाहको सहायक नृत्य निर्देशक भएर दर्जनौ चलचित्रमा काम गरेका सुरेशको नृत्यमा बेग्लै दखल रहेको छ। तकडा डान्सर तथा डान्स डाइरेक्टर समेत रहेका यिनै कलाकार सुरेशले दुई दर्जन म्युजिक भिडियोहरुमा अभिनय गर्नुको अलावा निर्देशन गर्ने कार्य समेत गरेका छन्।

Suresh Shrestha 2

आठ बर्ष यता बेलायत पुगेर बेलायतमा पनि सोही कार्यलाई निरन्तरता दिएको बताएका छन्। बेलायत पुगेयता बेलायतमा छायाँकन भएका पाँचवटा म्युजिक भिडियोमा अभिनय गर्नुको अलावा सातवटा म्युजिक भिडियोका निर्देशन गरेर थप दख्खलता प्रदर्शन गर्दैआएका सुरेशको नाटक यात्रा भने बेलायतवाटै शुरु भएको हो। पहिलो पल्ट समय दृश्यमा अभिनय गरेका उनले जीगिषामा पनि अभिनय गरे। सवैको वाहवाही पाए।

Suresh Shrestha 3यो सवै करामत प्रयोगवादी रंगकर्मी सनम कुमार बैरागको प्रयोगवाद हो। समय दृश्य र जीगिषाका लेखक तथा निर्देशक बैरागले दिएको मौका तथा अवसरले प्रभावशाली रंगकर्मी बन्न सफलता पाएको सुनाउंछन्।

Suresh Shrestha & His lovely family.
Suresh Shrestha & His lovely family.

नाटकको नाट्य गुरु बैरागलाई नै उनले मानेको बताउंछन्। अर्कोतर्फ पत्नी रेणु अधिकारीको निरन्तर सपोर्ट र सहयोग नै सफलताको रहस्य भएको भन्न उनले चुकेका छैनन्। छोरी र पत्नीका साथ बेलायत बस्दैआएका उनको एउटै लक्ष्य भनेकै सफल कलाकार बन्नु हो। त्यसैको लागि संघर्षरत रहेको पनि उनले भनेका छन्।

प्रकाशन मिति–२०७३ साल चैत्र २२ गते मंगलवार ।