Iraqi Journalistकाठमाडौ। समाचार संकलनको क्रममा इराकमा एक कुर्दिश महिला पत्रकार मारिएकी छन्। इराकको मोसुल शहरमा भएको बम बिस्फोटमा महिला पत्रकार मारिएकी हुन्।

अन्तरराष्ट्रिय समाचार एजेन्सीका अनुसार, इराकी कुर्द टीबीमा कार्यरत ३० बर्षिया शिफा गर्दीको मोसुल शहर सडक किनारामा समाचार संकलनकै क्रममा भएको बम बिस्फोटमा परेरमारिएकी हुन् । उनीसँगै रहेका क्यामरा पर्सन भने घाइते बनेका छन्।

आईएस नियन्त्रणमा रहेको शहरको पश्चिमी इलाकामा सैन्य अभियानको समाचार संकलनमा महिला पत्रकार गर्दी पुरुष पत्रकार सरह सक्रिय रहँदै आएकी थिइन् । मोसुल शहर आईएसको कब्जाबाट छुटाउन इराकी सेनाले सैन्य कार्वाही गर्दै आएको छ ।

प्रकाशन मिति–२०७३ साल फागुन १५ गते आइतवार ।