Rishav Tamrakarललितपुर । ललितपुर सौगल स्थित सौगल टोल सुधार समितिका सचिव तथा स्थानीय समाजसेवी ऋषभ ताम्राकारको दुःखद निधन भएको छ।

निधनको १३ औं दिनमा विज्ञप्ति जारी गर्दै सौगल टोल सुधार समितिले दुःख व्यक्त गरेको छ।

लामो समय देखि सौगल टोल सुधार समिति मार्फत विभिन्न समाज सेवामा अग्रसर समाजसेवी ऋषभ ताम्राकारको निधनले समितिले अपूरणिय क्षति भएको समितिका अध्यक्ष सानुकृष्ण चित्रकारले भनेको छ।

५४ बर्षको उमेरमा समाजसेवी ऋषभ ताम्राकारको निधन भएको हो।
प्रकाशन मिति–२०७४ साल बैशाख २ गते शनिवार ।