काठमाडौं। समाज सेवामा पटक्कै राजनीति हुनु हुन्न । जव समाज सेवामा राजनीति हुन्छ । त्यो समाज सेवा पटक्कै नहुने जिकिर सामाजिक अभियन्ता राजेश हिमालयको रहेको छ। सानो उमेर देखि समाज सेवामा सक्रिय सामाजिक सक्रियता सिन्धुपाल्चोकको ऐशेलुखर्क माध्यमिक विद्यालयमा कक्षा नौ मा अध्ययनरत् हुंदादेखि नै हो।

त्यो बेला आफूले सक्दो गरिब जेहेन्दार विद्यार्थीहरुलाई कापी, कलम लगायत विद्यालयमा टिफिन खानका लागि बुवाआमाले दिने गरेको रकम जोगाएर राखेको पैसा समेत सहयोग गर्दैआएका राजेश हिमालयको प्रेरणाको श्रोत अरु कोही नभइकन पिता रत्नदाश हिमालय नै हो।

पिताको सामाजिक कार्यवाट अत्यन्त प्रभावित राजेश हिमालय परिवारका जेठा छोरा भएको कारण पनि बढी जिम्मेवारी वोकेर हरेक कार्यमा लगनशील बन्दै जीवनमा अगाडि बढ्ेको बताउंछन्। काठमाडौंमा उच्चशिक्षा अध्ययनका क्रममा पनि केही न केही कार्यमा सक्रिय राजेश हिमालय लायन्स क्लब अफ काठमाडौै फेलोसिप नरदेवी लगायतका विभिन्न सामाजिक संघसंस्थामा आवद्ध भएपछि सामाजिक सेवामा अझ अग्रता बढ्ेको हो।

विसं.२०७२ साल बैशाखमा गएको महाभूकम्प, कोरोनाको महामारी देखि हेलम्बु बाढीपहिरो तथा मेलम्ची बाढीपिडितसम्मको त्रासदीय घटनामा परेकाहरुलाई लायन्स क्लब मार्फत अन द स्पट पुगेर सहयोग गर्ने कार्यमा राजेश हिमालयको ठूलै योगदान रहेको छ।

कुनैबेला नेपाल टेलिभिजनवाट प्रसारण हुने दर्जनौ टेलिफिल्महरुमा समेत स्वभाविक अभिनय गर्ने राजेश हिमालय हिजोआज अभिनयवाट अलि टाढा नै छन्। सिन्धुपाल्चोकमा नै हिमालय बस्त्रालय, तितेपाती कृषि फार्म लगायतका व्यवसायमा व्यस्त छन्। व्यवसायमा जतिसुकै व्यस्तता रहेतापनि सामाजिक सेवामा मनैदेखि लाग्दैआएको भएको कारण जसरी पनि समय मिलाउने गरेको राजेश हिमालयको भनाई छ।

शव्दचित्रमा राजेश हिमालय
नाम ः– राजेशदाश हिमालय
बुबाको नाम ः– रत्नदाश हिमालय
आमाको नाम ः– छत्रदेवी हिमालय
नाता विवरण ः– राजेशदाश हिमालय परिवारका जेठा छोरा
हुन्। माईली राजश्री हिमालय (बहिनी)
तथा कान्छा छोरा विजेश हिमालय हुन्।
परिवारमा जम्मा पाँच सदस्य थिए।
जन्म मिति ः– विसं.२०२७ मंसिर २७ गते
जन्म स्थान ः– बाडेगाँउ गा.वि.स, वडा नं ०९, ऐशेलुुखर्क, सिन्धुपाल्चोक ।
शिक्षा ः– ऐशेलुखर्क माध्यमिक विद्यालय
कलेज ः– प्रमाणपत्र तह, क्ष्क्ऋ पास
स्नातक ः– त्रिचन्द्र कलेज, घण्टाघर, काठमाडौं
विषय ः– साईन्स (फिजिक्स)
स्नातक अवधिः– २०४२ साल देखि २०४६ साल सम्म
विवाह ः– कृष्णलक्ष्मी श्रेष्ठ
विवाह मिति ः– २०५३ साल मंसिर १६ गते
सन्तान ः– जेठो छोरा मनिस हिमालय, दोस्रो
(जुम्ल्याहा ) ऋचा हिमालय तथा रजत
हिमालय। जम्मा ३ छोराछोरी।

सामाजिक कार्यको थालनी ः– विद्यालय जीवन मिति
२०४५/२०४६ देखि नै क्ष्लकउष्चबतष्यल ः– आफ्नै पिता रत्नदास हिमालयबाट प्रभावित पहिलो सामाजिक काम ः– नौ कक्षामा अध्ययनरत
समयदेखि नै विद्यालयमा
भएका गरिब र जेहेन्दार
विद्यार्थीहरुलाई कापी–कलम
तथा केही रकम सहयोग।

आवद्ध सामाजिक संस्था ः–Lions Club Of Fellowship,Nardevi,
नेपाल सिन्धुपाल्चोकका जिल्ला
सल्लाहकार रेयुकाई तथा
रेडक्रस का आजिवन सदस्य,
नवलपुर नेवा समाजका भपु
उपाध्यक्ष तथा अहिलेका सदस्य
त्रिवेणी बहुउद्देश्यीय सहकारी
संस्थाका भुपु सल्लाहकार
माकलबारी टोलसुधार
समितिका सदस्य, क्युवानिज
नेपालका वरिष्ठ सदस्य, डियर
जिन्दगीका म्यानेजिक
डाईरेक्टर।

अतिरिक्त ः– लक्ष्मी मुभिजद्धारा २०४६/४७
सालमा नेवारी चलचित्र
“चिपनिप“ मा अभिनय तथा
नेपाल टेलिभिजनबाट प्रसारित
थुप्रै टेलिचलचित्रमा अभिनय।

व्यवसाय ः– व्यापार (हिमालय वस्त्रालय),
कृषि (तितेपाती फर्म) विर्सनै नसक्ने क्षण ः– २०६९ सालमा मोटरसाईकल
दुर्घटना (मैतीदेवी) विर्सनै नसकिने त्रास ः– २०७२ सालको भुकम्प

योगदान ः– हेलम्बु बाढिपिडितलाई राहत वितरण,
स्यालेमा राहत वितरण,कुन्चोकमा राहत
वितरण, नवलपुरमा राहत वितरण,
क्षेत्रपालेश्वरी माध्यमिक विद्यालयका
सम्पुर्ण विद्यार्थीहरुलाई झोला तथा
कापी कलम सहयोग,मेलम्ची बाढिपिडित लाई
राहत वितरण साथै मेलम्ची पुननिर्माण
समितिलाई रु. १,१२,०५ /– नगद
सहयोग, बरुवा बाढिपिडितलाई खाद्यान्न,
लत्ताकपडा साथै दस परिवारलाई रु.१०,०००/–
का दरले रु.१,००,०००/– नगद सहयोग, मदर
एण्ड सिस्टर बालआश्रमलाई लत्ताकपडा,
खाद्यान्न तथा नगद रु.२०,०००/– सहयोग,
सगरमाथा बालआश्रमलाई खाद्यान्न तथा नगद
रु.१५,०००/– सहयोग, तिपेनी
वृद्दाश्रम निर्माणका लागि रु.३५,०००/– नगद
सहयोग, बागेश्वरी मन्दिर निर्माणका लागि
रु.२५,०००/– नगद सहयोग, विभिन्न स्थानका
सप्ताहहरुमा रु.१५,०००/– का दरले पाँच
क्षेत्रमा सहयोग, मृगौला पिडित दिलबहादुर
सापकोटालाई रु.५,०००/– नगद सहयोग,
व्याटमिन्टन खेलाडीहरुको मैत्रीपूर्ण
प्रतियोगिताका लागि रु.२,०००/– सहयोग तथा
अन्य थुप्रै सामाजिक कार्यहरुका लागि
रु.१०,०००/– देखि रु.२५,०००/– सम्मको

सहयोग। सम्मानित ः– टुईन अर्थर फाउन्डेशनबाट प्रशंसा पत्र,
स्तम्भ नेपालबाट प्रशंसा पत्र,
कम्युनिटि हेल्थ हेविट्याट बाट प्रशंसा पत्र,
लायन्स क्लबका विभिन्न क्लबहरुबाट सयौ
प्रशंसा तथा प्रमाण पत्र।

सन्देश ः– कतै विलीन हुनुपुर्व यो सोच्नु कि ,म कति
फैलिन सक्छु भनेर। मरिलानु केही छैन, सकेको
बल, साहस र सकरात्मक असल सोचलिई
समाजसेवामा लागे करोडौको आत्मसन्तुष्टि
मिल्नेछ। आफुले पीडा सहेर भएपनि कसैको
खुशीको ख्याल गरिएको छ भने त्यो नै साँचो
अर्थमा समाजसेवा हो भनेर बुझ्नु पर्छ।

(नामी साप्ताहिकवाट साभार )
प्रकाशन मिति–२०७८ साल असोज २४ गते आइतवार ।