Badhi Pairo 6काठमाडौ। सरकारी राहत कोषमा अर्बौ रुपैयाँ जम्मा भएर पनि बाढीपहिरोजस्ता प्राकृतिक विपदमा परेका जिल्लाका हजारौं जनता चिसो र भोकबाट निरन्तर पीडित बन्ने गरेका छन् । नागरिक दैनिकले उल्लेख गरेअनुसार, प्रधानमन्त्री कार्यालयमा स्थापित प्रधानमन्त्री राहत कोषमा २ अर्ब १२ करोड रुपैयाँ छ।

कोषमा देशभित्र र बाहिर रहेका विभिन्न समूह र सर्वसाधारणले दिएको रकम जम्मा भएको हो । त्यसैगरी देशका ७५ जिल्लामा शाखा रहेको केन्द्रीय विपत् उद्धार तथा राहत समितिमा समेत करोडौं रुपैयाँ जम्मा भएको छ।

यस्तो कोषमा रकम अभाव नभए पनि सरकारको अकर्मण्यता, मनसुनी बाढी र पहिरोमा परेका परिवारलाई राहतको योजना नहुँदा सामाग्री वितरण हुन नसकेको हो। सरकारको यो लाक्षीपनालाई चुनौति दिदै धुर्मुस–सुन्तली बाढीपीडित क्षेत्रमा पुगेरै सक्दो राहत वितरण गरेका छन्।

बाढीपिडितलाई धुर्मसुले काँधमा बोकेर सुरक्षित स्थानमा ल्याइरहेको तस्वीर यतिखेर भाइरल नै बनेको छ। सरकारले धुर्मुस–सुन्तलीवाट सिक्नुपर्ने सवैको भनाई रहेको छ।

Badhi Pairo 5प्रकाशन मिति–२०७४ साल साउन ३१ गते मंगलवार ।