काठमाडौ। तीज सकेको लगतै नेपाली कलाकारहरु देश तथा विदेशका कन्सर्टमा व्यस्त हुने गरेका छन्। यो बर्ष महाभूकम्प तथा भारतको नाकाबन्दीले गर्दा अघिल्ला बर्षहरुमा जस्तो त्यति व्यस्त हुन सकेको पाइएको छैन्। यद्यपि, वितेको पुष महिनायता गायिका सरिता प्रजापतिको व्यस्तता भने विभिन्न कन्सर्टहरुमा निक्कै नै देखिएको छ।

Sarita Prajapati in concert 1

दुई महिनाको अवधिमा गायिका प्रजापतिले दर्जनौ दर्जन कन्सर्टमा स्रोता तथा दर्शकहरुको वाहवाही बटुल्न सफलता प्राप्त गरेकी छन्। जसवाट गायिका प्रजापति निक्कै हौसिएकी छन्। अझ बढी स्रोता तथा दर्शकहरुको मन जित्ने कार्यमा उनी कम्मर कसेर लागेको पाइएको छ। स्टेजका कार्यक्रमहरुमा विशेषत स्रोता तथा दर्शक तताउन निक्कै सिपालु मानिएकी गायिका प्रजापतिले ती स्टेजहरुमा विशेषत उनले आफ्ना हिट गीतहरुवाट दर्शक उफार्दैआएकी छन्।

Sarita Prajapati in concert 2

हेर्दा–हेर्दै जवानीले छोयो भन्दै जवानीको कुरा गर्ने स्टेजमा उत्रने उनी संझनालाई जाली रुमाल बोलको गीत गाउंदै आइ लव यु काले माइण्ड नगर काले भन्न चुक्दिनन्। त्यति मात्र कहाँ हो र ? लास्टै माया गर्छ ओ माइ डियर भन्दै स्रोता तथा दर्शकलाई गीतवाटै धन्यवाद दिने गरेकी छन्।

चांडै नै रातो गाडी बोलको गीत रिलिज गर्ने क्रममा रहेकी गायिका प्रजापतिले यस दुई महिनाको अवधिमा पोखराको लेखनाथ महोत्सव, कपिलबस्तुको चन्दौता महोत्सव, कैलालीको अत्तरिया महोत्सव, लम्की महोत्सव, धादिङ्ग–मलेखु, बुटवलको लुम्विनी एक्स्पो, सल्यानको कृषि पर्यटक महोत्सव लगायत दाङ्ग, म्याग्दी बेनीका कार्यक्रमहरुमा समेत सहभागिता जनाएर स्रोता तथा दर्शकहरुको मन जित्न सफलता पाएकी छन्।
प्रकाशन मिति–२०७२ साल फागुन १२ गते बुधवार ।