Hongkong Newar Samaj Helped Sarita 2काठमाडौ। आफूलाई जन्मदिने बाउ या आमा अव ६ महिनाभन्दा बढी बाँच्न सक्दैन भनेर डाक्टरले मृत्युपत्र लेखेर दिदा त्यो बाउ या आमालाई आफ्नो कलेजो नै दिएर बचाउने महान छोरी बाहिर खोज्नै परेन। नेपालमा नै त्यो छोरी छ। त्यो छोरीको नाम हो–सरिता महर्जन।

Hongkong Newar Samaj Helped Sarita 1काठमाडौ लगनटोलकी २४ बर्षिया सरिता महर्जनको पिताको कलेजो क्यान्सर भएकोले अव तपाईको पिताको आयु ६ महिनाभन्दा बढी छैन भनेर डाक्टरले भनेपछि पितालाई आफ्नै कलेजो दिएर ज्यान बचाउने गौरबशाली छोरी सरिता महर्जनको स्वास्थ्य र उनको दुवै मिर्गौला फेल आमाको उपचारको सहयोगार्थ हङकङ नेवार समाजले हङकङमा संकलन गरिएको रकम विहीवार नेपालमा हस्तान्तरण भएको छ।

Hongkong Newar Samaj Helped Sarita 3हङकङ नेवार समाजका दुई प्रतिनिधि सुभानी प्रधान र बसन्त श्रेष्ठ सरिता महर्जनको घर–ठेगान लगनटोलमा पुगेर संकलित नगद ५ लाख ७ हजार ६ सय ७५ रुपैया हस्तान्तरण गरेका छन्। हस्तान्तरण समारोहमा सरिता महर्जनले आफू र आफ्नो परिवारको सहयोगार्थ स्वदेश तथा स्वदेश वाहिर हङकङवाट समेत यसप्रकारको सहयोग प्राप्त भएवाट आफू अत्यन्त आभारी भएको प्रतिक्रिया दिएकी छन्।

Hongkong Newar Samaj Helped Sarita 4हङकङ नेवार समाजकी अध्यक्ष रचना प्रधानले आफूहरुले सानै रकम संकलन गरेर नेपालमा सरिता महर्जनकै हातमा हस्तान्तरण गरेर सानै भएपनि सहयोग गर्न पाएकोमा साह्रै गर्ब लागेको हङकङवाट भिजन संसारलाई फोनवाट भनेकी छन्।

Hongkong Newar Samajप्रकाशन मिति–२०७४ साल भाद्र २९ गते विहीवार ।