काठमाडौ। मधेशमा आन्दोलनरत मधेशी मोर्चाको अनुपस्थितिको कारण प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएको सर्वदलिय विना निश्कर्ष टुंगिएको छ।

मधेशी मोर्चा वाहेक सवै दलको सहभागिता भएतापनि मोर्चाको अनुपस्थितिको कारण सर्वदलिय बैठकले निकास दिन नसकेपनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बर्तमान सरकारलाई जस्तोसुकै सहयोग गर्न तयार भएको प्रतिवद्धता व्यक्त गरेको छ।

Mahesh-Aacharya

नेपाली कांग्रेसको तर्फवाट सर्वदलिय बैठकमा पुगेका सभापति शेरवहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रिय सदस्य महेश आचार्यले सरकारको कदममा नेपाली कांग्रेसको पूर्ण सहयोग र समर्थन रहने भनेका छन्। मधेशका समस्याका संवन्धमा समाधानका लागि असन्तुष्ट पक्षसंग अनौपचारिक तवरवाट कुरा गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरिएको बालुवाटार बैठकवाट फर्केका कांग्रेस नेता महेश आचार्यले बताए।
प्रकाशन मिति–२०७३ साल जेठ ११ गते मंगलवार ।