काठमाडौं। सर्वाधिक ठूलो तथा लामो अवार्डको रुपमा रहेको दोश्रो नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड २०७९ को टप टेन नोमिनेसनमा परेका स्रष्टा तथा सर्जकहरुलाई प्रमाणपत्र वितरण गरिएको छ। शनिवार कीर्तिपुरको कीर्तिपुर सिनेप्लेक्समा आयोजित विशिष्ट समारोह वीच प्रमाणपत्र वितरण गरेको हो।

कुल ३२ विधामा टप टेनमा परेका ३ सय २० स्रष्टा सर्जकहरुलाई नेपाली चलचित्र तथा संगीत क्षेत्रका विज्ञहरु प्रकाश सायमी, विजयरत्न तुलाधर, जय श्रेष्ठ लगायतले प्रमाणपत्र वितरण गरेको कार्यक्रममा आयोजक संसार क्रियशन नेपालका अध्यक्ष तथा महाप्रवन्धक स्वतन्त्र संसार महर्जनले प्रतियोगितामा संलग्न स्रष्टा सर्जकहरु सहित १ सय १ जनालाई अवार्ड प्रदान गरिने जानकारी दिएका छन्।

अध्यक्ष तथा महाप्रवन्धक महर्जनका अनुसार विशिष्ट कलाकर्मी पवन पवन जोशीलाई यो बर्ष पहिलोपल्ट स्थापित संसार तेज स्मारक कला सम्मानवाट सम्मानित गर्ने घोषणा गरेको छ।

विशिष्ट कलाकर्मी पवन जोशीका साथमा आफ्नो क्षेत्रमा विशिष्ट योगदान दिने उस्ताद संगीतकार मनराज नकर्मी, सञ्चारकर्मी श्याम स्मृत, गायिका निशा देसार तथा लहना मिडिया पनि यो सम्मानवाट सम्मानित हुने भएको छ।

त्यस्तै, दोश्रो नेपालभाषा स्टार म्युजिक भिडियो अवार्डमा सात स्रष्टाहरुलाई संसार सप्तरंगी कला सम्मान दिने भएको छ। सम्मान पाउने स्रष्टाहरुमा अग्रज संगीतकर्मी रत्न बेहोशी, गायिका नगिना जोशी, अभिनेता सुशीलराज राजोपाध्याय, गीतकार पवित्र कसाः, गायक तथा संगीतकार गोविन्द ह्यूमत, संगीतकार जुगल डंगोल र निर्देशक रामकृष्ण खड्गी छन्।

चाँडै हुन गैरहेको दोश्रो नेपालभाषा स्टार म्युजिक भिडियो अवार्डमा लाइफ टाइम अवार्ड अर्थात दीर्घ कला सम्मान कमेडी किङ बरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठलाई प्रदान गरिने भएको छ। शनिवारको कार्यक्रममा आयोजक समितिले सम्मानित विशिष्ट स्रष्टा सर्जक सवैलाई निम्तो पत्र सहित सम्मान गर्ने नौलो कार्य पनि गरेको थियो।

प्रकाशन मिति–२०७९ साल पुस १७ गते आइतवार ।