bhukampa-piditlai-anudan-dine

काठमाडौ। नेपालका भूकम्प प्रभावित जिल्लाका सवै पीडितहरुले आगामी माघ १५ गतेभित्र पहिलो किस्ताको नगद ५० हजारको अनुदान रकम पाउने भएका छन्। मंसीर १५ गतेभित्र भने काठमाडौ उपत्यकाभित्रका भूकम्प पीडितहरुसंग पुनरनिर्माण प्राधिकरणले पहिलो किस्ताको अनुदान संझौता गर्ने भएको छ।

यस संवन्धमा आइतवार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरवारमा प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णयको तय गरेको हो। राष्ट्रिय पुनरनिर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले कार्ययोजना प्रस्तुत गर्दै माघ १५ गतेभित्र सवै भूकम्प पीडितहरुलाई पहिलो किस्ताको अनुदान रकम वितरण गरिसक्ने भनिएको छ।

ज्ञवालीले आगामी फाल्गुण मसान्तभित्र ५० हजार घर निर्माणकर्मी उत्पादन गर्ने कार्य योजना समेत रहेको बैठकमा पेश गरेका छन्।
प्रकाशन मिति–२०७३ साल मंसीर ५ गते आइतवार ।