Koshraj Wanta- Prahari Mahanirchhek Sastraकाठमाडौ। अख्तियार दूरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका महानिरीक्षकलाई निलम्वन गर्न नेपाल सरकारलाई भनेको छ।

महानिरीक्षक कोषराज वन्तले पदको दूरुपयोग गरेर करोडौ भ्रष्टाचार गरेको ठहर गरेर आयोगले प्रधानमन्त्री कार्यालयलाई पत्र लेखेर वन्तलाई निलम्वन गर्न भनिएको छ।

सशस्त्र प्रहरीका लागि खरीद गएिको सामान ढुवानीमा नक्कली बिल बनाएर वन्तले करोडौ भ्रष्टाचार गरेको अख्तियारको दावी रहेको छ। आर्थिक वर्ष २०६९/७० र २०७०/७१ मा खरिद गरिएको सामानभन्दा बढी देखाएर झुठो बिल तथा पत्रहरु तयार पारेको र ढुवानी कम्पनी सदाज्योती सप्लायर्ससँग मिलेर आर्थिक अनियमिता गरेको अख्तियारले जनाएको छ।

प्रकाशन मिति–२०७२ साल पुष २ गते विहीवार ।