footsal 1काठमाडौ। काठमाडौका फुटसलहरुलाई एकाएक विहीवार महानगरीय प्रहरी परिसरले प्रतिवन्ध गरेको २४ घण्टा नवित्दै खुल्ला गरिएको छ।

प्रहरीले फुटसलहरुमा विभिन्न विकृति बढेको भनेर प्रतिवन्ध गरेकोमा फुटसल व्यवसायीहरुको तिव्र विरोध र व्यवसायलाई मर्यादित बनाउने सहमति भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौले प्रतिवन्ध खुल्ला गरिएको छ।

काठमाडौ उपत्यकामा विगत ४ बर्षयता फुटबल संस्कृतिको उदगम स्थलको रुपमा व्यापारिक रुपमा विकास भएको फुटसलहरुले नयाँ आयाम स्थापना गरेको थियो। त्यसमाथि, गत महाभूकम्पको बेलामा फुटसलहरु भूकम्पपीडितहरुको राम्रो आश्रयस्थल भएको थियो। भूकम्पको बेलामा फुटसलहरुले गरेको सहयोग र साथलाई सवैले सह्राना गरेको पाइएको छ।

प्रकाशन मिति–२०७२ साल माघ २ गते शनिवार।