Kohi chha Ma sang khelne ?  Vetran Actor Pukar Gurung in film Uff Yo Man.
Kohi chha Ma sang khelne ? Vetran Actor Pukar Gurung in film Uff Yo Man.

काठमाडौ। नयाँ नेपाली चलचित्र उफ यो मनको पहाडकी रानी दार्जिलिङ्गमा लगभग सवै दृश्यको छायाँकन संपन्न गरेर निर्माण युनिट काठमाडौ फर्केको छ। अनुराधा फिल्मस् इन्टरनेशनलको प्रस्तुति रहेको चलचित्र उफ यो मनको निर्देशन सुरज चन्दले गरेका छन्।

निर्देशक चन्दका अनुसार यही पुष ११ गते चलचित्र उफ यो मनको निर्माण युनिट मुस्ताङ्गको जोमसोम जाने भएको छ। त्यहाँ दुई गीतको छायाँकन संपन्न गरेर निर्माण युनिट काठमाडौ फर्कने छन्। चलचित्र साइनोमा कोही छ मसंग खेल्ने भनेर अभिनय गरेर निक्कै चर्चा पाएका कलाकार पुकार गुरुङ्गको यस चलचित्रवाट कमव्याँक भएको छ।

यस चलचित्रमा पुकार गुरुङ्गले साइनोमा जसरी कोही छ भनेर अभिनय गरेका थिए, सोही भूमिकामा नै अभिनय गरेका छन्। लगभग ३० बर्षपछि दार्जिलिङ्गका कोही छ भन्ने प्रभावशाली कलाकार पुकार गुरुङ्गलाई चलचित्र उफ यो मनले कमव्याँक गराउन सफलता प्राप्त गरेको छ।

उफ यो मन पूर्णतया प्रेम कथामा आधारित अत्यन्त राम्रो चलचित्र हुने दावी निर्माण युनिटको रहेको छ।
प्रकाशन मिति–२०७३ साल पुष ३ गते आइतवार ।