काठमाडौं। कुटुमा कुटु गीतवाट सर्वाधिक चर्चामा आएकी नयाँ पुस्ताकी नायिका स्वस्तिमा खड्का साउथ इण्डियन चलचित्रमा पनि अव देखिने भएको छ। साउथ इण्डियन चलचित्र ‘थिरिमाली’मा स्वस्तिमा सेलेक्ट भएयता अव साउथ इण्डियन चलचित्रमा देखिने भएकी हुन।

राजिब सेट्टीको निर्देशनमा बन्ने उक्त चलचित्रमा स्वस्तिमा महँगो पारिश्रमिकमा अनुबन्धित भएकी हुन्। बनेकी भनेर व्यापक चर्चा गरेतापनि पारिश्रमिकका संवन्धमा भने कुनै कुरा खुलाइएको छैन्।

चलचित्रको छायाँकन चैत पहिलो हप्ताबाट शुरु हुनेछ। नेपालमा ७० प्रतिशत र भारतमा ३० प्रतिशत छायाँकन हुनेछ। दक्षिण भारतीय कम्पनी एन्जल मारिया सिनेमाजसँग नेपालको तर्फबाट अनन्या फिल्मस्ले सहकार्य गरेको हो।

प्रकाशन मिति–२०७७ साल फागुन २० गते विहीवार।