Sajha Yatayat 1काठमाडौ। साझा यातायातले ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र पाँच वर्षमुनिका बालबालिकालाई निःशुल्क सेवा दिने भएको छ।

मंगलबार काठमाडौ महानगरपालिकासँग सम्झौता गरी साझा यातायातले ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र बालबालिकालाई निःशुल्क सेवा उपलब्ध गराउने जनाएको हो।

साझा यातायातले सेवा विस्तारका लागि काठमाडौ महानगरपालिकासँग गरेको सम्झौताअनुसार महानगरपालिकाले ५ करोड रुपैयाँ सेयरकोरुपमा उपलब्ध गराएको छ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले साना सवारी–साधनको प्रयोग घटाउँदै सार्वजनिक यातायातलाई भरपर्दो बनाउन साझासँग सम्झौता गरिएको बताए ।
प्रकाशन मिति–२०७४ साल असार १४ गते बुधवार ।