काठमाडौ। नायिका रेखा थापा र नायक आर्यन सिग्देल वीचको दोस्तीमा दरार आएको सात बर्ष भैसकेको छ। यस अवधिमा उनीहरु वीच खासै बोलचाल अनि हाई–हेल्लो पनि भएको थिएन। अव भने, सात बर्षअगाडिको उनीहरुको दोस्तीमा गाढापन आएको छ।

Rekha Thapa with Aryan Sigedel in Film Rudrapriya
Rekha Thapa with Aryan Sigedel in Film Rudrapriya

त्यो गाढापन ल्याउने कार्य चलचित्र रुद्रप्रियावाट भएको छ। रेखा फिल्मस्वाट यो बर्ष निर्माण भएको चलचित्र रुद्रप्रियामा दुवैको लिडिङ्ग रोल भएपछि दुवैवीचको विग्रिएको संवन्धमा सुधार आएको हो। यस संवन्धमा नायिका रेखा थापाले साथीभाइमा कहिलेकाही मनमुताव हुनु स्वभाविक हो।

यसलाई लामो समय राख्नु हुंदैन र आफूहरुले पनि त्यस्तो नगरेको तथा आफूहरु वीचको दोस्ती पहिलाको भन्दा अझ राम्रो भएको नायिका थापाको भनाई रहेको छ। यो बर्षको तिहारको लक्ष्मीपूजाका दिन अर्थात कार्तिक २ गते रिलिज हुने यिनै गाढा दोस्ती बनाउन सफल रेखा थापा र आर्यन सिग्देलको चलचित्र ‘रुद्रप्रिया’को पहिलो गीत ‘चिरबिर चिरबिर’ सार्वजनिक भएको छ।

गीतमा राजनराज सिवाकोटीको संगीत छ भने स्वर संगीतकार सिवाकोटी, गायिका मेलिना राई र गृष्म शिवाकोटीको छ । गायक तथा संगीतकार सिवाकोटीकै शब्द र राजन इशानको एरेञ्ज छ । सात वर्षपछि कमब्याक भएका रेखा थापा र आर्यन सिग्देलको मुख्य भूमिका रहेको फिल्ममा सुदिप बबी भूपाल सिंहको निर्देशन छ ।
फिल्मका निर्माताको रुपमा सरस्वती थापा र रमेश एमके पौडेल रहेका छन् । संजय लामाको छायाँकन रहेको फिल्ममा शिवाकोटीसहित सुरेश अधिकारी र अर्जुन पोखरेलको संगीत छ।

Rekha Thapaप्रकाशन मिति–२०७४ साल साउन २१ गते शनिवार ।