ललितपुर । नेपालभाषाको पहिलो र सर्वाधिक अवार्ड भएको दोश्रो नेपालभाषा स्टार म्युजिक भिडियो अवार्डमा संसार सप्तरंगी कला सम्मान घोषणा भएको छ। आयोजक संसार क्रियशनले शुक्रवार दोश्रो नेपालभाषा स्टार म्युजिक भिडियो अवार्डमा सप्तरंगी कला सम्मान घोषणा गरेको हो।

Mr. Swatantra Sansar Maharjan ( Chairman and General Manager of Sansar Creation Pvt. Ltd.)

आयोजक संसार क्रियशनका अध्यक्ष तथा महाप्रवन्धक स्वतन्त्र संसार महर्जनले दिएको जानकारी अनुसार दोश्रो नेपालभाषा स्टार म्युजिक भिडियो अवार्डमा सात स्रष्टाहरुलाई संसार सप्तरंगी कला सम्मान दिने भएको छ।

सम्मान पाउने स्रष्टाहरुमा अग्रज संगीतकर्मी रत्न बेहोशी, गायिका नगिना जोशी, अभिनेता सुशीलराज राजोपाध्याय, गीतकार पवित्र कसाः, गायक तथा संगीतकार गोविन्द ह्यूमत, संगीतकार जुगल डंगोल र निर्देशक रामकृष्ण खड्गी छन्।

चाँडै हुन गैरहेको दोश्रो नेपालभाषा स्टार म्युजिक भिडियो अवार्डमा सम्मानित सात स्रष्टालाई संसार सप्तरंगी कला सम्मान दिइने आयोजकले भनेको छ।
प्रकाशन मिति–२०७९ साल पुस १ गते शुक्रवार ।