Miss Nepal Jenisha Moktan with Dikesh Malhotraकाठमाडौ। पूर्वमिस नेपाल तथा चर्चित मोडल जेनिशा मोक्तान बुधवार एक समारोह वीच विवाह वन्धनमा बाँधिएकी छन्। होटल सांग्रिलामा आयोजित समारोहमा पूर्वमिस नेपाल मोक्तानको विवाहको लगनगांठो कसिएको हो।

लामो समयदेखि प्रेममा रहेकी पूर्वमिस नेपाल मोक्तानले प्रेमी दिकेश मल्होत्रासंग विवाहको लगनगांठो कसेर आफ्नो प्रेमलाई सफल बनाएकी छन्। नेपालका लागि सामसुङ्ग मोवाइलको आधिकारिक विक्रेता आइएमएसका अध्यक्ष समेत रहेको दिकेश मल्होत्रा प्रसिद्ध व्यापारी दिपक मल्होत्राका सुपुत्र हुन्।

केही बर्षयता सामसुङ्गमा नै कार्यरत रहेकी पूर्वमिस नेपाल मोक्तान स्वयम् व्यापारिक घरानियाकी सुपुत्री हुन्।
प्रकाशन मिति–२०७२ साल फागुन १२ गते बुधवार ।