काठमाडौं। सञ्चारकर्मी तथा अभिनेत्री एवम् बुटिक व्यवसायी सविता ढकाल सामाजिक रुपमा पनि सक्रिय बन्दैआएकी छन्। सामाजिक क्षेत्रमा सानैदेखि पहिचान राख्ने सोचमा रहेकी ढकालले आफ्नो जन्मदिनको अवसरमा त्यो सोचलाई पहिचानमा बदल्ने कार्य गरेकी हुन ।

शुक्रवार जन्मदिनको अवसरमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नंबर ९ गोठाटार स्थित फ्युचर होम नेपाल बाल आश्रममा पुगेर सामाजिक सेवा गर्ने कार्य गरेकी छन्। उक्त आश्रममा आश्रित बालबालिकाहरुसंग बसेर बर्थ–डे केक काटेर उनीहरुलाई मिठोमसिनो खुवाउने कार्य गर्नेदेखि उनीहरुलाई आवश्यक कापी–किताव लगायतका स्टेशनरी सामाग्री र नगद सहयोग गर्ने कार्य गरेकी छन्।

त्यसरी बालआश्रममा पुगेर जन्मदिन मनाउंदाको बेग्लै आनन्द महशुश भएको र अव उप्रान्त यस्ता कार्यमा निरन्तरता दिदैजाने पनि ढकालले प्रतिबद्धता व्यक्त गरेकी छन्।
आफूलाई भन्दा पनि बढी माया तथा प्यार अनि स्नेह गर्ने श्रीमान शेषराज भट्टराईको साथ र सहयोगले सामाजिक क्षेत्रमा खुलेर लाग्न उत्प्रेरणा मिलेको पनि ढकालले बताएकी छन्।

ख्यातिप्राप्त शिक्षा व्यवसायी तथा अर्विट इन्टरनेशनल एजुकेशनका संचालक शेषराज भट्टराईसंग दुई बर्ष लामो प्रेम पश्चात विवाह गरेकी सविताको भनाईमा दाम्पत्य जीवन अत्यन्त सुमधुर रहेको छ। भट्टराई नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को केन्द्रिय उपाध्यक्ष पनि हुन।

आमा भैसक्दा पनि अझ सुन्दरी देखिएकी सविता आफ्नो सुन्दरताको रहस्य श्रीमानको प्यार तथा साथ र सहयोग नै हो भनेकी छन्। श्रीमानले हर कार्यमा सहयोग गर्ने भएकोले आफूलाई कुनै कठिनाइ नभएको सविताको ठहर रहेको छ।

प्रकाशन मिति–२०७८ साल माघ २१ गते शुक्रवार ।