Sarthak Abhiyan Nepalकाठमाडौं। सार्थक अभियान नेपालको प्रथम साधारण सभा सम्पन्न भएको छ। मानव अधिकार सुशासन र विकास हाम्रो शान सामाजिक व्यक्तित्व बोधको लागि सार्थक अभियान भन्ने मुल नारा सहित सभा संपन्न गरिएको हो । सभामा संस्थाकी उपाध्यक्ष माया गुरुङ्गले स्वागत गरेकी थिइन्।

संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति भरत कुमार गौतमले समाजमा रहने यावत समस्यालाई समय सापेक्ष समाधान गर्नेतर्फ निरन्तर लाग्नु नै सार्थक अभियानको उदेश्य भएको बताएका छन्।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दिनेश देवकोटाले सार्थक अभियान संस्थालाई शुभकामना दिंदै समस्या परेका बेला अभियानलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।

कार्यक्रममा अष्ट ज अभियान नेपालका केन्द्रीय अध्यक्ष लोककृष्ण भटटराई,ऐक्यबद्धता मासिकका अध्यक्ष नीलकण्ठ तिवारी, प्राध्यापक विनोद कुमार विश्वकर्मा, प्राध्यापक निरन्जन कोइराला,प्राध्यापक बालकृष्ण अर्याल,केदार सिलवाल, उत्तम कुमार शर्मा लगायतले संस्थाको सफलताको कामना गरेका थिए।
प्रकाशन मिति–२०७४ साल भाद्र २५ गते आइतवार ।