काठमाडौं। द साल्भेशन आर्मी मिशन नेपालले कोभिड–१९ को महामारीको कारण जारी लकडाउनले गर्दा संकटमा परेका दैनिक ज्यालादारी र श्रमजीवी सञ्चारकर्मीहरुलाई राहत सहयोग गर्ने कार्य भएको छ। फोटो नखिचिकन राहत सहयोग दिने कार्य भएको हो।

द साल्भेशन आर्मी मिशनका कोषाध्यक्ष निशान लोले श्रमजीवी बर्गलाई लक्षित गरेर दैनिक उपभोग्य राहत सामाग्री बितरण गरेको जनाएको छ। मंगलवार पहिलो चरणमा १५घरपरिवारलाई आधारभुत राहत सामाग्री हस्तान्तरण गरेको कोषाध्यक्ष लोले बताए ।

यसअघि रामेछाप जिल्ला स्थित दोरम्बा अस्पताल र गोकुलगंगा अस्पतालमा ठूलो परिमाणमा स्वास्थ सामाग्री हस्तान्तरण गरिसकेको छ। युद्ध तथा प्राकृतिक कारण हुने गरेको विपदको बेला सेवाको भावनालाई लक्षित गरि स्थापित गरेको द सल्भेशन आर्मी मिशन अन्तर्राष्ट्रिय कल्याणकारी संस्थाका रुपमा परिचीत रहेको छ।

प्रकाशन मिति–२०७८ साल जेठ १८ गते मंगलवार ।