लण्डन। बेलायतमा नेपाली नाटक हेर्ने जमातको दिनानुदिन बृद्धि हुन थालेको छ। फिल्म तथा साइबर पुस्तामा अत्यन्त आकर्षित बनिरहेको बेलायतमा रहेका नेपाली पुस्ता यतिखेर नाटकतिर हुनु अत्यन्त सुखद क्षणका रुपमा लिइन्छ। नेपाली नाटक तथा नाट्यकर्म प्रति यति धेरै बेलायतवासी नेपालीहरुको माया–मोह हुनु निश्चय पनि सुखद पलको रुपमा लिन सकिन्छ।

Mr.Sanam Kumar Bairag-Vetran Drama Artist & Director.

यसको श्रय बेलायतमा रहेका बरिष्ठ रंगकर्मी तथा नाटक निर्देशक सनम कुमार बैरागलाई जान्छ। सनम कुमार बैरागले दुई बर्षयता लगातार बर्षभर जस्तो नै नाटक मञ्चन गरेर दुःसाहस नै गरेका छन्।

दुई नाटक समय दृश्य र जीगिषाको एक पछि अर्को गरेर मञ्चन हुनु र गरिनु निर्देशक सनम कुमार बैरागको आँट, धैर्य तथा साहसको रुपमा बेलायतमा लिइने गरेको छ।

यिनै दुःसाहसी निर्देशक सनम कुमारले समय दृष्य, जीगिषा को सफल प्रदर्शन पश्च्यात कालजयी एेतिहासिक नाटक भीमसेन थापा मञ्चन गर्ने भएका छन्। भिजन संसारको गौरबमय प्रस्तुति रहने भीमसेन थापा नाटक युगकवि सिध्दिचरण श्रेष्ठ रचनामा प्रकाशक दुबसु क्षेत्री राष्ट्रिय विकास प्रतिष्ठान र खगेन्द्र नेपालीको अडियो बुकमा आधारित हुने भएको छ।

Bhimsen Thapa-First Prime Minister of Nepal
New Bhimsen Thapa in Drama Bhimsen Thapa Mr. Sanam Kumar Bairag.

निर्देशक सनम कुमार बैराग स्वयम भीमसेन थापाको विशिष्ट भूमिकामा रहने भएको छ। भक्ती कुमारीको भूमिकामा सन् २०१२ की मिस युके नेपाल दुर्गा गुरुङ्गले अभिनय गर्ने भएकी छन्। जसले नाटक समय दृष्यमा पनि मुख्य अभिनय गरेकी थिइन्।

M/s Durga Gurung-Vetran Drama Actress & Miss UK Nepal 2012
Mr.Suresh Shrestha-Vetran Drama Artist

अर्को पात्र सुत्रधारमा समय दृश्य, जीगिषामा आफनो कला–कौशल देखाई सकेका रंगकर्मी सुरेश श्रेष्ठले निभाउने भएका छन्।यही फेब्रुवरीको पहिलो हप्ता देखि रिहर्सल हुने तथा अप्रिल र मे को बिचमा युके, स्कटल्याण्डका विभिन्न शहरमा मञ्चन हुने निर्देशक सनम कुमार बैरागले बताएका छन्। संगीत नेपालका चर्चित म्युजिक एरेन्जर राजन ईसानको रहने छ भने चलचित्र जंगबहादुरमा ड्रेस डिजाईन गरिसकेकी ड्रेस–डिजाइनर नीरा रानाको रहने भएको छ।

प्रकाशन मिति–२०७४ साल माघ १५ गते सोमवार ।