Karima-Beganकाठमाडौ। पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी सिडिओलाई कार्यकक्षमा नै हात हालेको मुद्दामा पूर्वकृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगमलाई पर्सा जिल्ला अदालतले विहीवार दुई हजार जरिवाना गरेको छ।

बेगम कृषि तथा सहकारी राज्यमत्री हुँदा बीरगञ्ज भ्रमणका क्रममा पर्साका तत्कालिन प्रमुख जिल्ला अधिकारी दुर्गा भण्डारीलाई पिटेको मुद्दामा अन्तिम फैसला गर्दै पर्सा जिल्ला अदालतले दुई हजार रुपैयाँ जरीबाना गरेको हो। पर्सा जिल्ला अदालतका न्यायधीश बिष्णु सुवेदीको इजलाशले यस्तो फैसला गरेको हो।

२०६६ साल कार्तिक २४ गते तत्कालिन कृषि तथा सहकारी राज्यमंत्री बेगमले बीरगंज आउँदा सीमरा बिमानस्थलमा लिन पुरानो गाडी पठाएको भन्दै तत्कालिन प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीलाई उनकै कार्यकक्षमा कुटेकी थिइन्।
प्रकाशन मिति–२०७२ साल फागुन १३ गते विहीवार ।