ललितपुर । जहाँ विकासमान त्यहाँ विकासको लहर भन्ने नाराका साथ एक पछि अर्को आयामिक कार्य गरिदैआएका ललितपुर महानगरपालिका वडा नंबर ५ का वडा सरकार प्रमुख विकासमान श्रेष्ठले वडावासी महिला दिदीबहिनीहरुको लागि सीपमूलक तथा आयमूलक बेसिक व्युटीसियन तालिमको शुभारम्भ गरेका छन्। सोमवार  समारोह वीच ४५ दिने बेसिक व्युटीसियन तालिमको शुभारम्भ गर्ने कार्य भएको हो।

ललितपुरकै प्रतिष्ठित गुण व्युटीसियन सेन्टरको प्राविधिक सहयोगमा ललितपुर महानगरपालिका वडा नंबर ५ ले तालिमको आयोजना गरेको जानकारी वडा सरकार प्रमुख श्रेष्ठले शुभारम्भ समारोहमा दिएका छन्। वडा सरकार प्रमुख श्रेष्ठले ५ नंबर वडावासीलाई समृद्ध वडावासी वनाउनका लागि यसप्रकारका सीपमूलक तालिम दिदैआएको बताएका छन्।

यसअघि, सवारी चालक तालिम लगायत सिलाईबुनाईका तालिम प्रदान गरिसकेको छ। हाते कपडाका झोला बनाउने सीपमूलक तालिम देखि टवाइलेट क्लिनर हार्पिक वनाउने तथा झोल सावुन वनाउनेसम्म तालिम दिएर वडावासीहरुलाई आत्मनिर्भर वनाउने कार्यमा वडाले सहयोग गरिसकेको जानकारी पनि वडा सरकार प्रमुख श्रेष्ठले दिएका छन्।

यस्ता अनेक आत्मनिर्भर रोजगारीमूलक सीप सिकाउने कार्य गरेर वडावासीलाई सहयोग गर्ने कार्यमा वडा निरन्तर लाग्ने प्रतिबद्धता पनि वडा सरकार प्रमुख श्रेष्ठले व्यक्त गरेका छन्। शुभारम्भ कार्यक्रममा वडा सरकारका सदस्यहरु शोभादेवी प्रधान, मञ्जु रिजाल, पूनम निरौला र अशोक कुमार श्रेष्ठको विशेष उपस्थिति रहेको थियो।


प्रकाशन मिति–२०७९ साल चैत्र २७ गते सोमवार ।